बेलबारीको नयाँ मालपोत भवनमा पाच गतेबाट दैनिक सेवा हुने – Satabdi News

बेलबारीको नयाँ मालपोत भवनमा पाच गतेबाट दैनिक सेवा हुने

भाद्र ०१, बेलबारी । बेलबारीमा रहेको मालपोत कार्यलय नयाँ भवनमा भाद्र ०५ गतेबाट सर्ने भएको छ ।

कोरोना भाईरसको संक्रमण फैलिए संगै लकडाउनका कारण ५ गते देखि मात्र मालपोतका सबै दैनिक सेवा सुरु हुने भएको छ । आज भाद्र ०१ बाट सुरु हुने भनिएता पनि लकडाउनका कारण भाद्र ५ गते सारिएको हो ।

मालपोत कार्यलयको भवन निर्माण सम्पन भएको एक बर्ष भईसक्दा पनि नयाँ भवनमा सरेको थिएन । बेलबारी वडा नं ३ मा रहेको मालपोत कार्यलय नयाँ भवनमा नसरेको भन्दै सबै राजनीतिक दलका नेता, संघ संस्था र स्थानियले ध्यानाकर्षण गराएका थिए । तर मालपोतका अधिकृत योगेन्द्र दुलालले शहरी विकासको आयोजनले निर्माण सम्पन भएको कागज नदिएको भन्दै कार्यलय सरेको थिएन ।

दुई बर्षमा निर्माण सम्पन गर्ने गरी एके एण्ड गान्वा कन्स्ट्रक्सन प्रा।लि काठमाडौंले पाएको थियो । उनीहरुको सम्झैता अनुसार भवन २०७३ जेठ १८ गते निर्माण सम्पन भई हस्तान्तरण गर्नु पर्ने थियो । तर भुकम्प र भुकम्प पछि नाका बन्दीको कारण देखाउदै काम सम्पन नभएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीको नयाँ मालपोत भवनमा पाच गतेबाट दैनिक से..." A few seconds ago

सम्बन्धित खवर