केरुङ हाङ्सेम
एक साँझ,
लिम्बुवान गाउँमा एक हुल
अपरिचित पाहुनाहरु आए ।
उनिहरु नाङ्गै थिए ,
हातमा वेद,मनुस्मृति, गायत्री मन्त्र र महाभारत बोकेका थिए ।
बास माग्यो, बास दियुङ
खाना माग्यो, अन्न दियुङ
लुगा माग्यो ,लुगा दियुङ
बस्ने घर माग्यो,घर दियुङ
गरि खाने माटो माग्यो,माटो दियुङ
राज्य माग्यो , राज्य दियुङ र,
हास्न,नाच्न र बाँच्न सिकाउ भन्यो
सप्पै सप्पै सिकायुङ !
मागे जति सबै दियुङ
दिदा – दिदा कसो थाहै नपै
हामी त नाङ्गै भए छौं।
हाम्रो नाम फेरिएछ ।
हाम्रो भाषा फेरिएछ ।
हाम्रो माटो खोसिएछ ।
हाम्रो ईतिहास गुमनाम भएछ ।
हाम्रो संस्कृति अपहरण गरिएछ ।
थाहै भएन ।
अहिले बल्ल थाहा भो,
हाम्रो घर भित्र पस्न पनि अनुमती चाहिने भो ।
हाम्रो भाषा बोल्न पनि अनुमती चाहिने भो ।
हाम्रो माटोमा टेक्न पनि अनुमती चाहिने भो ।
कसो कसो थाहै नभै
दिदा दिदा नाङ्गै भए छौं ।