श्रावण १८, पोखरा । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराईएका सवारी साधन हस्तान्तरण गरेको छ ।
आज आईतबार एक कार्यक्रम विच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले प्रहरी प्रमुख नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेको हो ।
प्रदेशका मातहतका प्रहरी कार्यालयहरुमा सवारी साधन तथा अन्य भौतिक स्रोत साधनमा आत्मनिर्भर बनाई प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुती गराउन सवारी साधन प्रदान गरेको मुख्यमन्त्री सुब्बा गुरुङले वताए ।
गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल उपलब्ध गराइएको हो ।