मेची नेत्रालय आँखा अस्पतालको दमकमा शाखा बिस्तार – Satabdi News

मेची नेत्रालय आँखा अस्पतालको दमकमा शाखा बिस्तार

साउन ३, दमक । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले झापाकाे दमकमा आफ्नो शाखा स्थापन गरेकाे छ । हिजो शुक्रबार देखि दमक शाखामार्फत सेवा सुरू गर्दै शाखाकाे स्थापना गरेकाे हाे ।

विगत १४ वर्ष देखि नेपालकाे पूर्वीनाका काँकरभिट्टामा सेवा प्रदान गर्दै आएकाे नेत्रालयले आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ दमक शाखाको स्थापना गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. शरदचन्द्र प्रकाश राईले बताए ।

डा. शरदचन्द्र प्रकाश राईले २३ वर्ष अघि दमक देखि नै आँखाकाे उपचार सेवा प्रदान गर्न सुरू गरेका थिए । दमक लगायत अन्य विभिन्न स्थानहरूमा लामाे समय देखि आँखाकाे उपचार सेवा प्रदान गर्दै आउनु अनुभब राईको रहेको छ ।

अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सहित सुरू गरेको छ । झापा, मोरङ, इलाम, पाँचथर, लगायत पूर्वका विभिन्न क्षेत्रका नागरिकहरुललाई उपचार सेवा प्रदान गर्ने उद्देश्यको साथ शाखा विस्तार गरिएकाे जनाइएकाे छ । पूर्वीनाका काकरभिट्टाबाट मेची नेत्रालयले नेपालसँगै छिमेकी राष्ट्र भारत, भुटान बंगलादेश लगायत देशका नागरिकहरुलाई सेवा प्रदान गर्दै आइरहेकाे छ ।

शुक्रबारबाट सुरू गरिएकाे अस्पतालको दमक शाखा उद्घाटन भएसँगै उपचार सेवा समेत सुरु गरिएको प्रशासक प्रमुख पुनम प्रधानले बताए । प्रधानका अनुसार पहिलो दिन २० जनाले आँखाको उपचार सेवा लिएका छन् ।

अस्पतालको दमक शाखामार्फत हाल डा. राईकै नेतृत्वमा ३ जना सिनियर अप्थाल्मिक अफिसरसँगै अन्य चिकित्सक एवंम् कर्मचारी गरी १५ जनाकोे टिमले सेवा प्रदान गर्ने बताइएको छ । अस्पतालमा आँखा उपचारको लागी सबै किसिमका शल्यक्रिया, प्रयोगशाला औषधी एवं चश्मा पसलको समेत सुविधा रहेको प्रशासक प्रधानले बताए ।

आँखा उपचारको लागि पूर्वमै भरपर्दो अस्पतालको रुपमा पहिचान बनाएको मेची नेत्रालय आफ्नो स्थापनको १४ औं बर्षमा सेवारत छ । अस्पताल शाखा कार्यालय इलाका प्रहरी कार्यालय नजिक थाना राेडमा अवस्थित छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेची नेत्रालय आँखा अस्पतालको दमकमा शाखा बिस्तार" A few seconds ago

सम्बन्धित खवर