लायन्स क्लब बेलबारीको एम्बुलेन्स बेच्यो कस्ले ? – Satabdi News

लायन्स क्लब बेलबारीको एम्बुलेन्स बेच्यो कस्ले ?

असार २२, बेलबारी । सामाजिक संस्था लायन्स क्लब अफ बेलबारीको नाममा बर्षौ अघि देखी राजश्व छुटमा आएको एम्बुलेन्स बिक्री गरिएको खुलासा भएको छ । लायन्स क्लब बेलबारीको नाममा आएको एम्बुलेन्स तत्कालीन प्रेसिटेन्ट योगेन्द्र सुवेदीको पालामा मोरङको लेटाङका एक ब्यक्तिलाई सुवेदी सहित अन्य पदाधिकारीहरुले बिक्री गरेको पाईएको छ ।

एम्बुलेन्स बिक्रीको बिषयमा सुवेदीले ब्यबस्थापन गर्न कठिनाई भएका कारण एम्बुलेन्स बिक्री गरेको स्वीकार गरेका छ्न । संस्थाको एम्बुलेन्स बिक्री गर्न नपाईने भएका कारण एम्बुलेन्स लायन्सकै नाममा रहेको पाईएको छ । हाल लायन्स क्लाबको प्रेसिडेण्ट खेम गौतम र सचिव तिर्थ सिग्देल भनाईअनुसार संस्थाको नाममा आएको एम्बुलेन्स बिक्री हुनु दुःखद भएको र एम्बुलेन्स फिर्ताको लागी संस्थाले पहल शुरु भएको बताए ।

हाल संस्थाको सम्पत्तिका रुपमा लेटरप्याड समेत नभएको र एउटा संस्थाको छाप मात्र रहेको भन्दै पुर्व अध्यक्षले बर्तमान अध्यक्षलाई केही दिनअघि भएको एक कार्यक्रममा हस्तान्तरण गरेका कुरा बर्तमान प्रेसिडेण्ट गौतमले शताब्दी न्युजलाई बताए ।

को को हुन लायन्सका पुर्व प्रेसिडेन्टहरु ?
लायन्स क्लब अफ बेलबारीको संस्थापक प्रेसिडेन्ट हाल बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी हुन । त्यसपछि बेलबारीका हालका प्रबत्ता योगेन्द्र सुवेदी, बेलबारी गाबिसका पुर्व अध्यक्ष शिव बराल, नेपाली काँग्रेसका जिल्ला सदस्य राजकुमार लिम्बु, शिक्षक तथा सहकारीकर्मी हरि सुवेदी, ब्यबसायी हेमन्त सुवेदी, केदार प्रसाई, ब्यबसायी कमल श्रेष्ठ र हाल ब्यबसायी खेम गौतम अध्यक्ष रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लायन्स क्लब बेलबारीको एम्बुलेन्स बेच्यो कस्ले ?" A few seconds ago

सम्बन्धित खवर