असार १८, बेलबारी । मोरङ, बेलबारी ३ सुन्दरटोल निबासी १५ बर्षे सन्देश खड्का बिहान ३ बजे आफै घरमा झुन्डिएको अबस्थामा मृत फेला परेका छ । मृतक खडका गोदावरी विद्या मन्दिर विद्यालयमा कक्षा १० माा अध्ययनरत बिद्यार्थी हुन ।
मृतकको काकी बबिता खड्काको भनाईअनुसार हिजो राति १० बजे घरमा राम्रो संग कुराकानी भएको थियो । मृतक सन्देशलाई पंखाको आवाज आएन भने निन्द्रा नलाग्ने स्वाभब थियो । बिहान ३ बजे उ सुतेको कोठाको पंखाको आवाज नआएको सुनेर कोठामा हेर्दा थिएन । घरको अगाडीको कोठा ढोकाले बन्द गरेको थियो । बोलाउदा नबोले पछि झ्यालबाट हर्दा झुडिएको थियो । के कारणले झुडिएको हो भन्न सकिन्न भन्दै शताब्दी न्युजलाई बताए । सन्देशले केहि हप्तादिन देखी भारतीय नायक सुशान्तको भिडियो, पोष्टमार्टम गरेको भिडियो धेरै हेर्ने गरेको थियो। आफुले यस्तो भिडियो हेर्न नहुन अनुरोध गर्दा पनि नमानेको बताए ।
गोदावरी विद्या मन्दिर विद्यालयको शिक्षक महेश रिमालको भनाईअनुसार सन्देशको स्वाभाब एकदम चलचले, जिज्ञासु स्वाभाबको बताए । पढाई पनि मध्यम खालको थियो । अहिले संचालन भईरहेको अनलाईन कक्षामा पनि नियमित पढ्न आउने विद्यार्थी थिए । यस्तो झुन्डिएर मरेको खबर सुन्दा अपत्यारिलो लागीरहेको कुरा शताब्दी न्युजलाई बताए ।
बिहान ६ बजे तिर पोष्टमार्टम गर्न मंगलबारे अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्ने क्रममा सन्देशको गोजीमा चिट्ठी भेट्टिएको थियो, त्यो चिट्ठीमा के लेखिएको छ, केहि कुरा थाहा नभएको काकी बबिता खडकाले शताब्दी न्युजलाई बताए ।



