ओलि सरकार भष्ट्रचारहरुको गिरोह हो; वरिष्ठ नेता अशोक राई – Satabdi News

ओलि सरकार भष्ट्रचारहरुको गिरोह हो; वरिष्ठ नेता अशोक राई

असार १६, काठमाडौ । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए ।

संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल स्थायी आबासीय अनुमति पत्र दिने र सात वर्ष नेपालमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक संसदमा पठाएको छ । यो व्यवस्था विभेदकारी भएको भन्दै जसपाले विरोध गर्दै आएको छ ।

बिरोध कार्यक्रम जनता समाजबादी पार्टीको वरिष्ठ नेता अशोक राईले भारतले पहिचान जनित संघीयता अपनाएको चाही नसिक्ने तर ७ वर्षे नागरिकता विधेयक चाही नेपालले कपि गर्नु पर्ने ?  भन्दै कडा आलोचनाको साथ प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलि सरकार भष्ट्रचारहरुको गिरोह हो; वरिष्ठ नेता ..." A few seconds ago

सम्बन्धित खवर