असार १३, चितवन । चितवनको भरतपुर अस्पतालमा कैलाली गोदावरी नगरपालिका–७ निवासी ५० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको छ ।
असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनी ११ गते राति भरतपुर अस्पताल रिफर गरिएको थियो । शुक्रबार स्वासप्रश्वासमा समस्या देखिए संगै स्वास्थ्य स्तिथि जटिल बन्दै गएपछि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।
फोक्सोको क्यान्सरका विरामी उनलाई बीपी कोइराला क्यान्सर अस्पतालले लिन नमाने पछि उनी चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनलाई गत बिहीबार राति मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसंगै उनलाई भरतपुर अस्पताल रेफर गरिएको थियो । यस सँगै नेपालमा कोरोना संक्रमणबाट मृतकको संङख्या २८ पुगेको छ ।



