बैशाख २८, बेलबारी । भारतले नेपाली भूमी मिचेर बनाएको लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्ग बनाएको विरोधमा बेलबारी युवाहरुले विरोध र्याली गरेको छ ।

आईतबार बेलबारी दुर्गा मन्दिर देखि मालपोत कार्यालय मोड सम्म नाराबाजी गर्दै र्यालिको आयोजना गरिएको थियो । र्यालि पछि आयोजित कोणसभालाई केदार धिमाल, अशोक राई, सुजित बस्नेत, उषा तामाङ, ऋषि राईले सम्बोधन गरेका थिए ।

कार्यक्रम संयोजक ऋषि राईले आन्दोलन गर्नु हाम्रो रहर नभएर बाध्यता भएको र भारतिय पक्ष यस्तै हस्तक्षेप गरिरहे यो भन्दा शसक्त आन्दोलन गर्ने बताए ।

बक्ताहरुले भारतले नेपाली भुमी मिच्दा समेत नेपाल सरकार मुकदर्शक भएर बसेको प्रति रोष प्रकट गरेका छन् । रोशन अधिकारीले कोणसभाको सन्चालन गरेका थिए ।

५० भन्दा बढि युवाहरुले नेपाली झण्डा सहित गो ब्याक ईन्डिया, लिपुलेक, कालापानी हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावाद, सिमा मिच्न पाईदैन लेखेको प्ले कार्ड बोकेर नारावाजी गरेका थिए ।



