पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा – Satabdi News

पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा

बैशाख १५, काठमाडौ । पूर्व सचिव भीम उपाध्याय धरौटीमा आज रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लगाइएका उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोले ५ दिनअघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो ।

सामाजिक सन्जालमार्फत सरकारविरुद्ध आक्रामक देखिएका उपाध्याय र स्वास्थ्य सचिव यादव कोइरालाबीच केही समय अघि ट्वीटरमा आरोप प्रत्यारोपको दोहोरी नै चलेको थियो । सोही कारण उनलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा" A few seconds ago

सम्बन्धित खवर