जनजाति महासंघ संखुवासभाको अध्यक्षमा विपिन तामाङ – Satabdi News

जनजाति महासंघ संखुवासभाको अध्यक्षमा विपिन तामाङ

संखुवासभा । नेपाल आदिवासी जनजाति महासंघ संखुवासभाको तेस्रो जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले विपिन तामाङको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मित्रकुमार गुरुङ, कुमार मगर र शान्ता लिम्बू छन् । सचिवमा युवराज राई, सहसचिवमा भविन माझी र कोषाध्यक्षमा बेनबहादुर याक्खालाई छन् ।

अधिवेशनको उद्घाटन सत्रमा महासंघको प्रदेश १ समितिका मुख्यसचिव तिलकप्रसाद राईले राउटेहरुलाई जंगलमै छाडेर समृद्धि सम्भव नहुने बताए ।

उनले पछि परेका समुदायलाई समाजको मूल धारमा नल्याएसम्म नेपाल विकास भएको मान्न नसकिने जिकिर गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ १ नम्बर समितिका अध्यक्ष अर्जुन जम्नेली राईले प्रदेशको नाम पहिचानको आधारमा राख्न क्रियाशील हुनुपर्ने बताए ।

महासंघको पूर्वकेन्द्रीय उपाध्यक्ष वाङ्दावी भोटे, काकुन व्यवसायी भविश्वर गुरुङ, हरिश्वर मगरलगायतले शुभकामना दिएका थिए ।

संखुवासभामा १२ वटा सूचीकृत संस्था छन् । जिल्लामा सात वर्षदेखि अधिवेशन भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जनजाति महासंघ संखुवासभाको अध्यक्षमा विपिन तामाङ" A few seconds ago

सम्बन्धित खवर