मेयर हर्क साम्पाङ्गले किने एक हल गोरु। – Satabdi News

मेयर हर्क साम्पाङ्गले किने एक हल गोरु।

धरान। धरान उप महा नगरपालिकाका मेयर हर्क साम्पाङ्गले JCB र लोडर किनेका छन। राज्यले दिने गाडी सुबिधाको करडौ पैसालाई सदुपयोग हुनेगरि १ JCB र १ लोडर करिब १ करोड हाराहारीमा किनेको स्रोतबाट खुल्न आएको छ। मेयर हर्क साम्पाङ्गले उक्त गाडिलाई एक हल गोरुको संज्ञा दिएका छन्।

धरान उपमहानगर पालिकाको प्रमुखको लागि छुट्टिने गाडी खरिद रकमलाई धरान उप महानगर पालिकाको समग्र बिकासको लागि सदुपयोग हुने गरि यी २ वोटा गाडी खरिद गरिएको मेयर राईले बताए। साथै कसैलाई JCB वा लोडर चाहिएमा सुपथ मूल्यमा उपलब्ध गराउने र उठेको रकम यहि धरान शहरको बिकासमा लगाउने पनि मेयर राईले जानकारी दिए ।

मेयरले आफ्नो फेसबुक स्टाटसमा राख्दै लेखेका छन् “पुर्वमेयरहरु जस्तै एक करोडको गाडी चढन सक्थेँ तर मैले धरानलाई एक करोडको यी दुई हलगोरु जोडिदिएको छु। JCB चाहिए नगरपालिकालाई सम्झनु। तपाईंको राजस्व नगरपालिकाको कोषमा जम्मा हुन्छ,अमुक व्यक्तिको गोजीमा हैन।” मेयर हर्क साम्पाङ,धरान।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मेयर हर्क साम्पाङ्गले किने एक हल गोरु।" A few seconds ago

सम्बन्धित खवर