विराटनगर जोगबनी नाका बन्द, सुरक्षा स्थिति कडा – Satabdi News

विराटनगर जोगबनी नाका बन्द, सुरक्षा स्थिति कडा

मंसिर ०२, बेलबारी । मंसिर ४ गते हुन लागि रहेको आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सीमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले मंसिर १ राति १२ बजेदेखि ४ गते रातिसम्मका लागि सीमा बन्द गरेको हो ।

निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ भने विराटनगरको मुख्य नाका रानीका ३ वटै ढाट पनि बन्द रहेका छन् । मुख्य नाकामा सुरक्षा चुस्त गरिएको छ भने नाकाको पश्चिमतर्फबाट भने सर्वसाधारणहरु सहजै आवतजावत गरिरहेका छन् ।

प्रहरीले मुख्य नाका रानीबाट कसैलाई पनि आवतजावत गर्न दिएको छैन । तर खुल्ला नाका भएका कारण आवतजावतमा रोक लगाउन सहज भएको छैन् ।

सीमा क्षेत्रमा बसेर निर्वाचनलाई प्रभाव पार्ने गरी हुन सक्ने विभिन्न किसिमका आपराधिक गतिविधिलाई रोक्नका लागि जिल्ला शासन कार्यालय मोरङले सीमा बन्द गरेको जनाएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाए पनि खासै प्रभाव परेको देखिँदैन ।

‘खुला सीमाका कारण केही समस्या भएको हो,’ मोरङका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी गराए । उनले भने, ‘मुख्य नाका बाहेक अन्य सीमा क्षेत्र खुला भएकाले सबै ठाउँमा सुरक्षाकर्मी तैनाथी गर्न नसकिए पनि गस्तिलाई थप प्रभावकारी बनाउँदै आवतजावतलाई रोक लगाएका छौं।’

रानी नाका नजिक विराटनगर–१६ हुलास मेटल चोकदेखि पश्चिमतर्फ दरैया बस्ती क्षेत्रतिरबाट सर्वसाधारणको आजतजावत रोकिएको छैन। रानी नाकाको पूर्वतर्फ केही कडाइ गरेका कारण र जोगबनी बजार तथा रेल्वे स्टेसन नजिक भएकाले पनि सर्वसाधारणहरु दरैया बस्तीको क्षेत्रबाट आवतजावत गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगर जोगबनी नाका बन्द, सुरक्षा स्थिति कडा" A few seconds ago

सम्बन्धित खवर