नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल – Satabdi News

नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल

२ मंसिर, काठमाण्डाै । यूएईलाई हराउँदै नेपालले एकदिवसीय खेल जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।

यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।नेपाल पहिलाे खेलमा ८४ रनमा पराजित हुँदा दाेस्राे खेलमा पुनरागमन गर्दै नेपालले यूएईलाई तीन विकेटले हराएकाे थियाे ।
याे जितसँगै नेपालले शृङ्खला दुई–एकले आफ्नाे पक्षमा पारेकाे हाे । याेसँगै नेपालले घरेलु मैदानमा पहिलाे पटक शृङ्खला जितेकाे हाे । गएको चैतमा पपुवा न्युगिनी (पीएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालले जित्याे यूएईसँगकाे एकदिवसीय खेल" A few seconds ago

सम्बन्धित खवर