
बेलबारी। नेपाल आदिबासी जनजाति युवा महासंघको व्यवस्थापनमा एक दिने युबा लक्षित उत्प्रेरक कार्यक्रम बेतना सिमसारको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालका चर्चित उत्प्रेरक बक्ता उषा मल्ल सिंहले कार्यक्रममा उपस्थित सबैलाई उत्प्रेरणा गराएका थिए। कार्यक्रम बेलबारी वडा न ४ को बेतना सिस्सारको सभा हलमा भएको थियो।

बेलबारी नगर पालिकामा सुचिकृत भएका १८ जात जातिका युवा लक्षित कार्यक्रममा बिभिन्न जातिका आदिबासी युवाहरुको बाक्लो सहभागिता रहेको थियो।आदिबासी जनजाती युबा महासंघका बेलबारी नगर अध्यक्ष केशब थापा मगरले यस कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै बिगत बर्षको कोरोनाको कारण धेरै व्यवशायहरु धरासय भएको,महंगी बढे संगै युवाहरु बिदेसिने क्रम बढेको र केहि त मानसिक रुपमा पिढामा रहेका युवाहरुलाई लक्षित सकारात्मक उत्प्रेरणा दिने उद्धेश्यले यो कार्यक्रम गरिएको बताए।कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाती महासंघ बेलबारी नगर अध्यक्ष तिलक राईले प्रथम जाती धिमालको परम्परागत सास्कृतिक ढोल बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले आफ्नो व्यक्तिगत सस्मरण सुनाएका थिए। गाबिसमा आफुले खरिदारको जागिर रु २६० तलबमा गरेको बताए।आफ्नो तलबले परिवारको घर चलन नसके पछि परिवारलाई सानो व्यवसायी शुरु गर्न लगाए तर व्यवसायमा पूर्ण ज्ञान नहुदा व्यवसाय डुब्ने अवस्थामा पुगेको सम्म बताए। त्यसपछि व्यवसायमा असफल भएर हरेस खाएर विदेश जाने सम्मको सोच त्यस बेला बनाएको पनि बताए।पछि बिस्तारि परिवारको सबैसदस्यहरु एक भएर व्यवसायीमा लागे र अनुभवहरु बटुल्दै गए , सबै इमान्दार भई निरन्तर लागि परिरहे र अहिले आएर एक सफल व्यवसायी बनेको पनि बताए। व्यवसायी शुरु गर्नु भन्दा अगाडी व्यवसायी सम्बन्धि धेरै ज्ञानहरु बटुल्नु पर्ने ,बजारको अध्यन गर्नु पर्ने , धर्यता र इमान्दारिता हुनुपर्ने सुझाब सम्म दिए।

उक्त कार्यक्रममा बिशिस्टः अतिथिमा पुर्व सभासद मधु गुरुङ र ४ न वडाका अध्यक्ष चन्द्र लिम्बुको पनि उपस्थिति रहेको थियो। त्यसैगरि यस नगरभरि रहेका जातिय सस्थाका अध्यक्षहरु तथा आदिबासी अभियन्ताहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमका उत्प्रेरक वक्ता उषा मल्ल सिंहले करिब ३ घण्टा सम्म उत्प्रेरणा गराएका थिए। उक्त कार्यक्रम बेलबारी नगर पालिकाले आदिबासी जनजाति लक्षित छुट्टाइएको बजेट रु १ लाखबाट गरिएको सचिब कृष्ण मेनान्ग्बोले जानकारी सताब्दी न्युजलाई दिए।कार्यक्रमको संचालन नेपाल आदिबासी जनजाति युवा महासंघका सचिब कृष्णा मेन्यान्ग्बो लिम्बुले संचालन गरेका थिए भने स्वागत भाषण नेपाल आदिबासी जनजाति महासंघका उपाध्यक्ष कुमार बोखिमले गरेका थिए।



 
                     
	          
	            
	             
                     
                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        

 
                    