तीन दिने मौलिक खाना तथा झाँकी प्रदर्शनी सहितको फुड फेस्टिबल-२०७९ को आज समापन – Satabdi News

तीन दिने मौलिक खाना तथा झाँकी प्रदर्शनी सहितको फुड फेस्टिबल-२०७९ को आज समापन

बेलबारी। नेपाल आदिबासी जनजाति महासंघ बेलबारी समन्वय समितीद्वारा लगाएको तीन दिने मौलिक खाना तथा झाँकी प्रदर्शनी सहितको फुड फेस्टिबल – २०७९ आज भब्य रुपमा समापन भएको छ। असार ३ ,४ र ५ गते सम्म बेलबारी वार्ड न ४ को युनाइटेड क्लबको खेल मैदानमा संचालन रहेको फुड फेस्टिबल आज बेलबारी नगर प्रमुख दिल प्रसाद राईको प्रमुख अतिथीमा सम्पन्न भएको हो। कार्यक्रममा बिभिन्न १८ जातजाती सस्थाका अध्यक्षहरु, वार्ड न १ का वडा अध्यक्ष मणि मगर, वडा न ४ का वडा अध्यक्ष चन्द्र लिम्बु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।


कार्यक्रममा महासंघका अध्यक्ष तिलक प्रसाद राईले यस फुड फेस्टिवल कार्यक्रम बारेमा प्रकाश पारेका थिए। यो देशमा बिभिन्न जातिहरुका आ आफ्नै मौलिक खानाहरु रहेका छन् ,यसलाई ब्राण्ड बनाउने र व्यवसायिक रुममा प्रबर्द्धन गर्ने उद्देश्यका साथ् फुड फेस्टिवल लगाइएको बताए। त्यसैगरी किरात राई यायोखा बेलबारीका नगर अध्यक्ष तीलक राई ,नेपाल मगर संघ बेलबारी नगर अध्यक्ष केशब थापा मगर , नेपाल तामाङ्ग घेदुङ्ग संघका प्रदेश अध्यक्ष रेख बहादुर तामाङ्ग, धिमाल जाति बिकाश केन्द्रका केन्द्रिय सचिब रुकमणि धिमाल लगायत अतिथीहरुले आफ्नो जातिको बारेमा प्रकाश पारेका थिए।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथी दिल प्रसाद राईले यस फुड फेस्टिवललाई निरन्तरता दिनुपर्ने बताए। बिभिन्न जातिहरुले आ आफ्ना मौलिक खानालाई व्यवसायिक रुपमा लानु पर्ने सुझाब दिए। थाकाली जातिहरुको थकाली भान्सा,नेवार जातीहरुको नेवारी खाजाहरु आज ब्राण्ड भई सकेको बताउदै अरु जातीहरुले पनि आफ्नो मौलिक खानालाई व्यवसायिक रुपमा अघि बढाउँन सुझाब दिए। आदिबासी जनजातीहरुका खानाहरु टिम्बुरको अचार , घोंगी, सिप्पी ,फापरको रोटि लगायत खानाहरुले मानब जातीलाई मेडिसिनको काम सम्म गर्ने बताए। कार्यक्रममा बोल्दै राईले सबै जातजातिहरुको बिगत ५ बर्षदेखी थाति रहेको पहिचान सहितको सांस्कृतिक संग्राहलय बनाउन योजना सहित नगरपालिका आउन समेत आग्रह गरे ।

उक्त समापन कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष तीलक प्रसाद राईले गरेका थिए। कार्यक्रमको संचालन महासंघका सचिव मन कुमार गुरुङले गरेका थिए भने स्वागत मन्तब्य महासंघका उपाध्यक्ष कुमार बोखिम लिम्बुले गरेका थिए। यस तीन दिने फुड फेस्टिवलका संयोजकमा कमल गुरुङ रहेका थिए। कार्यक्रममा बिभिन्न जातिहरुको मौलिक नाच प्रस्तुत गरेका थिए भने स्थानिय कलाकारहरुको बेण्डको सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तीन दिने मौलिक खाना तथा झाँकी प्रदर्शनी सहितको ..." A few seconds ago

सम्बन्धित खवर