जेठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले आज बेलबारी नगरपालिकाका उप मेयर नितु थापा कोईरला साथै वडा अध्यक्षहरु सहित निर्बाचित सदस्यहरुलाई नगरपालिकाको प्रागणमा सपथ ग्रहण गराएका छन् । बेलबारी नगरपालिकाको मेयरको सपथ ग्रहण राईले बिराटनगरमा गरिसकेपछि यहा बेलबारी नगरपालिकामा आएर सपथ ग्रहण गराएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरंगका प्रमुख तथा मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुलाई आज नै बिराटनगरमा सपथग्रहण गराएका हुन् ।
शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ ।
सपथ ग्रहण पश्चात मेयर तथा उपमेयरले आज नै नगरपालिकाको आ -आफ्ना कार्यभार सम्भालेका छन् । वडाध्यक्षहरुले पनि आज नै आ-आफ्ना वडामा गएर वडाका कार्यभार सम्भालेका छन् ।
उक्त कार्यक्रमको अध्यक्षता मेयर राईले गरेका थिए । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री भानुभक्त ढकाल थिए भने कार्यक्रममा पुर्व राजमन्त्री राज कुमार ओझा, पुर्व मेयर ज्ञानेन्द्र सुबेदी, उप मेयर ढाका पराजुली, निर्वाचित वडा अध्यक्षहरु, निर्वाचित सदस्यहरु, पुर्व वडाध्यक्षहरु, सदस्यहरु बिभिन्न राजनितिक दलका बेलबारी नगर प्रमुख लगायत प्रतिनिधी, नगरपालिकाका कार्यकारी प्रमुख तथा कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन महेन्द्र खड्काले गरेका थिए ।
कार्यक्रमका केहि तस्बिरहरु :
स्रोत : बबिता राई