स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयद्दारा ट्रीपरलाई रोक – Satabdi News

स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयद्दारा ट्रीपरलाई रोक

६ चैत, भाउन्ने । बेलबारी स्थित वडा नं. १० भाउन्ने चौकमा क्रसरको ट्रीपरहरुले दैनिक धुवा धुलोले असर गरेको भन्दै स्थानीयद्दारा बाटो बन्द गराएका छन । पुस र माघको हुस्सु जस्तै देखिने कालो धुवा धुलोले दैनिक जीबनमा स्वास्थमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय आक्रोश भएका छन ।

शताब्दी ज्युजलाई बताउदै स्थानीय मनिका राई भन्नू हुन्छ “गत बर्ष चैत महिनामा ३ महिना भित्र कालो पत्र(पिच) गरिदिने लिखित सझौता भएपनि कार्यन्वयन नभएकोले समस्या जस्ताको जस्तै रहेको बताए । बिगतमा गरेको लिखित सम्झाता कार्यन्वयन नगरेसम्म ट्रीपरलाई चलाउन नदिने कुरा शताब्दी न्युजलाई बताए ।”

दैनिक चलेको ट्रीपरको धुलो, धुवाले प्रत्यक्ष रुपमा स्थानीय वासीको स्वास्थमा असर गर्नुको साथै बाटोको संरचना बिग्रदै गएकोले ट्रीपरलाई रोक लगाएको बताए । टीपरलाई रोक लगाउनु कुनै रहर नभएकोले बाध्यता भएको स्थानीयले बताए । आज गरेको बन्द कार्यक्रमको प्रभाबले दर्जनौं ट्रीपरहरु खोलामा नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयद्दार..." A few seconds ago

सम्बन्धित खवर