महामारीका कारण घट्न थाले हवाई यात्रु, उडान कटौती – Satabdi News

महामारीका कारण घट्न थाले हवाई यात्रु, उडान कटौती

१० माघ, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरियन्टको फैलावटसँग हवाई यात्रुको संख्यामा गिरावट आउन थालेको छ । यससँगै वायुसेवा कम्पनीहरुले उडान संख्या र हवाई भाडासमेत धमाधम कटौती गरिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो साता उडान संख्यामा १० प्रतिशतसम्म कटौती भइसकेको छ ।

दैनिक ७०भन्दा माथि उडान गर्ने बुद्ध एयरले सोमबारका लागि ६४ वटा मात्र उडानको तालिका राखेको छ । यति एयरलाइन्सले समेत सोमबार २२ वटा मात्र उडानको तालिका राखेको छ । सौर्य, श्री एयरलाइन्स तथा गुण एयरलाइन्सले समेत साविकको तुलनामा उडान संख्या कटौती गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महामारीका कारण घट्न थाले हवाई यात्रु, उडान कटौती" A few seconds ago

सम्बन्धित खवर