बेलबारी। मोरंग जिल्ला पालिका स्तरिय डोरी तान प्रतियोगिता मोरंग जिल्लाको बेलबारी नगरपालिकामा सञ्चालन हुने भएको छ । बेलबारीमा मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था डोरीतान नगर कमिटी बेलबारीले जानकारी गराएको हो ।
मङ्सिर २५ गते सञ्चालन हुने प्रतियोगितामा मोरङ जिल्ला भरिका १७ वटा पालिकालाई निमन्त्रणा दिएपनि १४ वटा टिमले मात्र सहभागिता जनाउने बेलबारी डोरी तान नगर समितिका अध्यक्ष शीतल रायले जानकारी दिइन् । मोरंग जिल्लाको बेलबारी न पा वडा न ४ मा रहेको बेतना युनाइटेड खेलमैदानमा सञ्चालन हुने शीतल रायले बताए। उक्त प्रतियोगिताका विजेता टिमले ५१ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र पाउनेछन भने उपविजेताले ३५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र पाउने छन् ।
पत्रकार सम्मेलनमा डोरीतान प्रदेश समितिका सचिव युवराज चौधरी, जिल्ला सचिव लक्ष्मण बुढाथोकी लगायत स्थानीय खेलाडीको सहभागिता रहेको थियो ।