नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता – Satabdi News

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता

८ साउन २०७८, शुक्रबार। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्।

रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका थिए।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले सेतोपाटीसँग भनेका थिए, ‘म राजीनामा  दिन्छु।’

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। वरिष्ठ नेता नेपालले त उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभ..." A few seconds ago

सम्बन्धित खवर