बेलबारीबाट ब्राउन सुगर सहित एक पुरुष सहित दुई महिला पक्राउ – Satabdi News

बेलबारीबाट ब्राउन सुगर सहित एक पुरुष सहित दुई महिला पक्राउ

असार २५, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं.०१, गाँईघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा तालुक १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीबाट ब्राउन सुगर सहित एक पुरुष सहित दुई म..." A few seconds ago

सम्बन्धित खवर