१६ असार, काठमाडौ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले पाँच दलीय गठबन्धन समयको आवश्यकताले निर्माण गरिएकोले उक्त गठबन्धन जारी रहने बताएका छन् ।
उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले (माधव नेपाल समूह)को गठबन्धनलाई आफुहरुले आवश्यक रहिञ्जेल टिकाउने बताए ।
वरिष्ठ नेता अशोक राईले भने, ‘यो गठबन्धन टिक्नुपर्छ । यो हाम्रो रहरले बनेको गठबन्धन होइन, यो समयको आवश्यकताले निर्माण भएको हो र जबसम्म आवशयक रहन्छ तबसम्म टिक्नुपर्छ, हामी टिकाउँछाैं।’
कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले राज्यलाई सुदृढ गर्ने सही ढंगले सञ्चालन गर्ने र जनतालाई सेवा दिने हिसाबले भन्दा पनि आफूलाई बलियो पार्ने गरी संवैधानिक अंगहरुको नियुक्ती गरेको बताए ।