विश्वकप छनोटको फुटबल खेलमा नेपालले चाइनिज ताइपेईलाई सुन्यको बिरुद्ध २ गोलले बिजयी – Satabdi News

विश्वकप छनोटको फुटबल खेलमा नेपालले चाइनिज ताइपेईलाई सुन्यको बिरुद्ध २ गोलले बिजयी

२० जेठ २०७८, बिहीबार।कुवेत सिटीको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको  एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपालले चिनियाँ  ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जुंगको नेतृत्वमा नयाँ खेलाडीहरुले भरिएको नेपालि टिमले आज विश्वकप छनोटको खेल रामो खेलेका छन्। खेल अवधि भरि नै नेपालले बल आफ्नो नियन्त्रणमा लिएका थिए। पहिलो हाफमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टी मार्फत १ गोल गर्दै नेपालले अग्रता लिएका थिए।अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । फेरी दोस्रो हाफको खेलको ८१ औं मिनेटमा  सब्सीच्युटमा छिरेका नेपालका नबयुग श्रेष्ठले १ गोलगर्दै नेपालले २ गोलको अग्रता लिएको थियो। नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो । खेल अवधिभर गोल फर्काउन कोसिस गरे पनि चाइनिज ताइपेईको केहि लागेंन र नेपालले सुन्यको बिरुद्ध २ गोलले खेल जित्यो।यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ ।

नेपालले आफ्नो घरेलु मैदानमा ताइवानी टिम संगै अस्ट्रेलिया र जोर्डनविरुद्ध ३ खेल खेल्नु पर्ने थियो। तर कोरोना भाइरसको महामारीले गर्दा ताइवानी टिमलाई नेपाल आउन दिएन र यो खेल आज कुवेत सिटीको जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको हो।अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।

नेपाल र ताइवानले यो भन्दा पहिले दुई खेल खेली सकेका छन् । त्यो दुई खेल एक मैत्रीपूर्ण र यही विश्वकप छनोटमा । त्यो दुवै खेल ताइवानमा भएको थियो । काओसिङ (६ जुन, २०१९) मा भएको मैत्रीपूर्ण खेल १–१ मा टुंगिएको थियो । पछाडि परेको स्थितिमा सुधार गर्दै नेपालले अभिषेक रिजालको गोलमा बराबरी गरेको थियो भने अर्को खेल अञ्जन विष्टको दुई गोलमा नेपालले विश्वकप छनोटमा ताइपेईमा २–० को जित (१० सेप्टेम्बर, २०१९) हात पारेको थियो । नेपालले ताइपेईमा ३ अंक जोडको थियो ।

पछिल्लो छनोट खेलमा (नोभेम्बर २०१९) यता नेपाली टिममा ठूलै परिवर्तन भएको छ । अघिल्ला पाँचै खेलमा नेपाली टिम स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । उनी स्विडेनमै रहेपछि बालगोपाल महर्जन आए । नेपालले ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण दुई खेल खेल्यो । दशरथ रंगशालामा थ्री नेसन्स कप जित्यो अनि अहिले टिम सम्हाल्न आइपुगे कुवेती अब्दुल्लाह अलमुताइरी ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि नेपालका तर्फबाट यो पहिलो औपचारिक खेल हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पुराना खलाडीहरुलाई फिटनेसको कारण देखाउदै टिममा लिएनन् बरु ६ जना नयाँ खेलाडी हरुलाई चान्स दिदै नयाँ खेलाडीहरुले भरिएको टिम लिएर खेल खेलाउदै छन्। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो निर्णयको धेरैले आलोचना समेत गरेका थिए। तर आज नेपाली टिमले गरेको खेल नतिजा संगै प्रशिक्षक अब्दुल्लाहको तारिफ गर्ने हरुको संख्या बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्वकप छनोटको फुटबल खेलमा नेपालले चाइनिज ताइपे..." A few seconds ago

सम्बन्धित खवर