जेठ १७, बेलबारी । बेलबारी नगरपालिकाले बेलबारी नगर क्षेत्र भित्र रहेका आर्थिक बिपन्न किसानहरुलाई लक्षित गर्दै आर्थिक स्तर उकास्ने कार्यक्रम अन्तर्गत सनिबार कृषक समुह र ब्यवसायिक फर्महरुलाई ९० वोटा अस्ट्रेलियन बोयर बाख्राहरु वितरण गरेका छन् ।
यसरी बोयर बाख्राहरु वितरण गरेको २४ घण्टा नबित्दै स्थानिय स्तरबाट विरोध र विबाद शुरु भएको छ ।
अस्ट्रेलियाबाट चार्टर गरेर ल्याएको भनिएको बोयर जातका बाख्रा सक्कली नभएको, जनप्रतिनिधिका आसेपासे, नातागोता, आफन्तलाई मात्र सुटुक्क वितरण गरिएको, असली किसानले नपाएको र यस बोयर बाख्रा खरिदमा आर्थिक चलखेल भएको भन्दै चौतर्फी आलोचना शुरु भएका छन् ।
एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्ट्रेलियाबाट चार्टर गरी ५२ ओटा वोका र ३८ वटा पाठी ल्याएर बितरण गरेको श्रोतबाट बुझिएको छ ।