बेलबारी नगरपालिका भित्रका बैंक तथा बित्तिय सस्था भोलिदेखि हफ्तामा दुई दिन खुल्ला हुने – Satabdi News

बेलबारी नगरपालिका भित्रका बैंक तथा बित्तिय सस्था भोलिदेखि हफ्तामा दुई दिन खुल्ला हुने

बेलबारी । बेलबारी नगरपालिकाले कोरोना महामारीको कारण लगाएको लक् डाउनको असरलाई मध्ये नजर गर्दै भोलि जेष्ठ १७ गते देखि बेलबारी नगर पालिका भित्रका बित्तिय सस्था र बैंक हरुलाई हफ्तामा दुई बार समय मिलाएर खोल्न दिने बिज्ञप्ति मार्फत निर्णय गरेको छ। यो निर्णय संगै अब स्थानीय ब्यापारी र नगर बासिलाई केहि राहत हुने स्थानीय एक ब्यापारीले बताए।

आफ्नो रकम बैंकबाट निकाल्न नपाउदा,एक ठाउँबाट अर्को ठाउँ पैसा पठाउन नपाउदा समस्या भएको पनि एक स्थानीयले बताए। यसरि बित्तिय सस्था र बैंकहरु खुले पनि स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपले पालना गर्नु पर्ने छ।अनिबार्या मास्क,ग्लोब ,सेनिताइजर र सामाजिक दुरी कायम राख्नु पर्ने छ।

सुन्दर हरैचा नगरपालिकाले एक साता अगाडी नै बैंक तथा बित्तिय सस्था खुल्ला गर्ने निर्णय गरेको थियो। सुन्दर हरैचा नगर पालिकामा बित्तिया सस्था र बैंकहरु सोमबार र बिहिबार हफ्तामा दुई दिन र समय बिहान १० बजे देखि ३ बजे सम्म खुल्ला गरिने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिका भित्रका बैंक तथा बित्तिय सस्थ..." A few seconds ago

सम्बन्धित खवर