किरण लिम्बू
मन
कति चञ्चल छ
काँडेतार उभ्याएर भागेकाे
उ सम्म पुग्न आतुर छ ।
मिठा यादहरु पाे बल्झाउछ घरिघरि
र उठाउछ यादहरुकाे साँघु
जाेडुँ भन्छ फेरि
दुई किनार गाेरेटाहरु ।
मन
कति गुलजार छ
ओइलाई सकेकाे
बेरस उस्काे मनलाई
याैवनका छिटाहरुले सिन्चित गरेर
फेरि फुलाउ भन्छ
एक थुगा प्रेम ।
मन
कति अबाेध छ
अध्याराेमा छाया हराए झैं
बिलाउन खाेज्ने उ
आफ्नै मुटुमा जलाएर दियाे
गरुँ भन्छ कामना
दिर्घायु उसैकाे ।
सम्झाउछु,
उस्काे एक चिम्टी सिन्दुरको बन्धन भन्दा
खालि सुहाउछ मेराे सिउदाे ।
फेरिपनि
बालुवाकाे उस्काे मनमाथि
खन्याइरहन्छ प्रेम
कति उदार छ
कठै मेराे मन
सायद उस्लाई लाग्दाे हाे
खालि सिउदो पनि त बन्धन हाे….
(कवि: नेपाल सरकारको शाखा अधिकृत हुनु हुन्छ ।)