लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प: स्थानीय डरले भागाभाग – Satabdi News

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प: स्थानीय डरले भागाभाग

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।

भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् ।

भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।

‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्‍यायो कि पुर्‍याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुल..." A few seconds ago

सम्बन्धित खवर