जसपा अध्यक्ष यादबले पार्टी एकतालाई सुदृढ गर्न सम्पूर्ण पार्टी नेतृत्वलाई अनुरोध – Satabdi News

जसपा अध्यक्ष यादबले पार्टी एकतालाई सुदृढ गर्न सम्पूर्ण पार्टी नेतृत्वलाई अनुरोध

४ जेठ, काठमाडौ । जनता समाजबादी नेपालको अध्यक्ष उपेन्द्र यादबले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरुलाई अनुरोध गरेका छ्न । यादबले अहिलेको राजनीतिक बिषय परिस्थितिलाई मध्यनजर गर्दै पार्टीको सन्दर्भमा ९ बुद्दे बिचार आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छ्न ।

१) जनता समाजवादी पार्टी, नेपाल संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, वर्गीय, लैङ्गिक विभेद र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा रहेको छ ।

२) हालै प्रतिनिधिसभामा प्रधानमन्त्री के.पी.शर्मा ओलीले विश्वास मत प्राप्त गर्न राखेको प्रस्तावमाथि पार्टीको पदाधिकारीहरूको बैठकद्वारा सहमति गरी आपसी समझदारी कै आधारमा माननीय सांसदहरूलाई आ–आफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरूद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएको व्यहोरा सर्वविदितै छ । तर यस अवसरलाई दूरूपयोग गरी पार्टीका केही नेतृत्वहरूबाट नै गुट–उपगुट खडा गर्ने पार्टी भित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चार माध्ययमहरूमा समेत दिइएका गैर–राजनीतिक, गैर–जिम्मेवार अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचार संहीता एवम् पार्टी कार्यपद्धतीका प्रतिकुल रहेका छन् । यस प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरून्त बन्द गर्नु पर्दछ ।

३) पार्टी भित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गरीनु पर्दछ ।

४) पार्टी सरकारमा सहभागि हुने र नहुँने सम्बन्धमा व्यापक तर्क–विर्तक एवम् अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागि हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।

५) समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन÷भ्रातृ संगठन लगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकतावद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्नु पर्दछ ।

६) पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आपूm संगठित रहेको पार्टी संगठन भित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समस्याहरूको समाधान गर्नु पर्दछ ।

७) पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्धगर्नका लागि गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरूद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ ।

८) पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरू, शुभचिन्तक एवम् शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा अध्यक्ष यादबले पार्टी एकतालाई सुदृढ गर्न स..." A few seconds ago

सम्बन्धित खवर