भाषा अनुवादक नराखी काठमाडौंका मेयर र अमेरिकी राजदूतबीच छलफल – Satabdi News

भाषा अनुवादक नराखी काठमाडौंका मेयर र अमेरिकी राजदूतबीच छलफल

१६ कार्तिक, काठमाडौँ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार भएको परिचयात्मक शिष्टाचार भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह पुगेका थिए ।

यो भेटमा पहिलोपल्ट भाषा अनुवादक नराखी छलफल भएको थियो । यसअघिक सबै मेयरहरू राजदूतसंगको भेटमा भाषा अनुवादक राख्ने गर्थे ।भेटका क्रममा प्रमुख शाहले, काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए। सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो ।

त्यस क्रममा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए । त्यस क्रममा आपसी सिकाई तथा हित प्रवर्धनका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो।अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भाषा अनुवादक नराखी काठमाडौंका मेयर र अमेरिकी रा..." A few seconds ago

सम्बन्धित खवर