मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा – Satabdi News

मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको नियन्त्रणमा

मंसिर ०३, सुन्दरहरैचा । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए । आज बिहान सो चामल प्र १ ०२ ००२ च ४७९० नम्बरको बोलेरोमा राखेर त्यहाँबाट अन्यत्र लान खोजेपछि स्थानीयले अवरोध गरेर प्रहरीलाई जानकारी गराएका थिए । इन्स्पेक्टर मीनादेवी राईका अनुसार नियन्त्रणमा लिइएको चामलको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङको सुन्दरहरैचाबाट एक ट्रक चामल प्रहरीको निय..." A few seconds ago

सम्बन्धित खवर