मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना – Satabdi News

मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना

२ मंसिर, काठमाडौं । आइतबार (मंसिर ४ गते) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिन भन्दा ४८ घन्टा अघि देखि मतगणनाको काम पूरा नभए सम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ ।

तसर्थ, यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नारा बाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन पाइने छैन । यता, मौन अवधिको उल्लंघन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमन कर्ताले २५ हजार रुपैयाँ सम्म जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मौन अवधिमा प्रचारप्रसार गरे २५ हजार जरिवाना" A few seconds ago

सम्बन्धित खवर