प्रत्यक्षतर्फको नतिजा मंसिर ७ र समानुपातिकतर्फको १२ गते भित्र सार्वजनिक हुने; निर्वाचन आयोग – Satabdi News

प्रत्यक्षतर्फको नतिजा मंसिर ७ र समानुपातिकतर्फको १२ गते भित्र सार्वजनिक हुने; निर्वाचन आयोग

१ मंसिर, मोरङ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा सक्ने बताएको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज (मंसिर १ गते) आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन भएको ३ दिन अर्थात् मंसिर ७ गते बेलुका सम्ममा प्रत्यक्ष तर्फका सबै नतिजा सार्वजनिक गरि सकिने योजना रहेको बताए ।

यस्तै, समानुपातिक तर्फको मतगणना मंसिर १२ गतेभित्र सक्ने आयोगको तयारी रहेको उनले बताए । उनले मतदाताभन्दा मतपत्र बढी हुने अवस्था आएमा मतगणना हुनु अघि फेरि मतदान गरिने बताए । आयोगले मंसिर २२ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रत्यक्षतर्फको नतिजा मंसिर ७ र समानुपातिकतर्फक..." A few seconds ago

सम्बन्धित खवर