१ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
तर, खानेपानी, विद्युत्, एम्बुलेन्स र दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् । यस्तै, निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनहरु पनि सञ्चालन हुन पाउँनेछन् ।