बेलबारी प्रज्ञा प्रतिष्ठानमा दलीय भागबण्डा भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण – Satabdi News

बेलबारी प्रज्ञा प्रतिष्ठानमा दलीय भागबण्डा भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण

बेलबारी, १३ असोज। बेलबारी प्रज्ञाप्रतिष्ठानकाे गठनविधि गलत भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण बुझाएको छ । प्रज्ञा प्रतिष्ठानमा दलीय भागबण्डा भएको भन्दै बिहीबार बिहान बेलबारीका साहित्यकार तथा पत्रकार केशु विरहीले निर्णय पुनर्विचार गर्न भन्दै बेलबारी नगरपालिकालाई ध्यानाकर्षण गराएका हुन्।

बेलबारी नगरपालिकामा बुझाइएको ध्यानाकर्षण पत्रमा भाषा, साहित्य, कला संस्कृतिको सर्वाङ्गीण विकासका लागि गठन हुने यस्ता संस्थामा क्षमता, योग्यता र योगदानलाई भन्दा पनि राजनीतिलाई मुख्य आधार बनाइनु दुखद रहेको भन्दै यसले बेलबारीको भाषा, साहित्य, कला संस्कृतिको जगेर्ना गर्न नसक्ने ठहर गर्दै गठन विधि गलत भएकोले त्यसलाई सुधार गर्न आग्रह गरिएको छ । भाषा, संस्कृति, कला, साहित्य र वाङ्मयकाे संरक्षणसम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरूको साझा संस्थाको रूपमा हेरिएको बेलबारी प्रज्ञा प्रतिष्ठान दलीय भागबण्डामा गठन भएको भन्दै चौतर्फी विरोध सुरु भएको छ ।

नगरपालिकाले ११ सदस्यीय तदर्थ समितिको गठन गरेको छ । बेलबारी नगरपालिकाको राजपत्र २०७८ कार्तिक २२ गते बेलबारी प्रज्ञा प्रतिष्ठान ऐन ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११९ (फ) ५ मा भएको व्यवस्थाअनुसार सोही ऐनको दफा १०२ को उपदफा १ बमोजिम नवौँ नगरसभाले सो ऐन पारित गरेको थियो ।

ऐनमा नगरपालिका भित्रका सबै भाषा,संस्कृति,कला साहित्य बांग्मय संरक्षण दर्शन तथा समाजशास्त्रको विकास सम्बन्धी कार्य गर्ने साहित्य साधक तथा अनुसन्धानकर्ताहरूको बोल बोलाई समावेशी सिद्धान्तको आधारमा ११ जना सदस्य रहेको तदर्थ समिति गठन गर्ने उल्लेख छ ।
जस अनुसार राष्ट्रिय दल एमालेको भागमा संयोजकमा रहने गरि कांग्रेस, मावोबादी, एकीकृत समाजबादी र जसपा बीच भाग बण्डा गरिएको र तदर्थ समितीको लागि सिफारिस गरिएको श्रोतबाट खुल्न आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी प्रज्ञा प्रतिष्ठानमा दलीय भागबण्डा भएको..." A few seconds ago

सम्बन्धित खवर