बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न – Satabdi News

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न

बेलबारी । मोरङको बेलबारी ३ मा रहेको बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाको संचालक समिति अध्यक्ष प्रताप कुमार थापाले बार्षिक प्रतिवेदन, आगामी बर्षको निति तथा कार्यक्रम र बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी खतिवडाले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले संचालक समितिको रिक्त सचिव पदमा सदस्य पुर्ण प्रसाद सिटौलालाइ चयन गरेको छ ।

उक्त कार्यक्रम मा दैनिक बचततर्फ भिमनारायण श्रेष्ठ, अनिवार्य मासिक बचतमा थर्कमाया राई, स्वेच्छिक बचततर्फ टेकेन्द्र ढकाल र ऋणीतर्फ हरिमाया बुढाथोकीलाइ प्रसंसा पत्रद्वारा सम्मान गरिएको छ । त्यसैगरी सस्था का सेयर सदस्य मध्ये बाट स्थानिय निर्बाचन मा निर्बाचित हुने बेलबारी १ का वडा सदस्य बाबुराम खड्का, बेलबारी २ की वडा सदस्य पार्वती बस्नेत, बेलबारी ३ का वडा अध्यक्ष योगेन्द प्रसाद सुवेदी, वडा सदस्य हिमादेवी बिश्वकर्मा, नगर प्रमुख दिलप्रसाद राइ र उपप्रमुख नितु थापालाइ पनि सम्मान गरिएको छ । हाल यस संस्थामा ५ सय २८ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रम को अध्यक्षता संस्थाको संचालक समिति अध्यक्ष प्रताप कुमार थापा ले गरेका थिए भने प्रमुख अतिथी मेयर दिल प्रसाद राई रहेका थिए। कार्यक्रम मा उप मेयर नितु थापा तथा पुर्ब मेयर ज्ञानेन्द्र सुबेदी साथै वडा न ३ अध्यक्ष योगेन्द्र सुबेदी अतिथी रहेका थिए। उक्त कार्यक्रम संचालन सेयर सदस्य माधब राज थापाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं बार..." A few seconds ago

सम्बन्धित खवर