बेलबारीमा प्रथम तरुण गोल्डकप आयोजना हुने – Satabdi News

बेलबारीमा प्रथम तरुण गोल्डकप आयोजना हुने

भाउन्ने ,बेलबारी। नेपालमै पहिलोपटक तरुण दलको आयोजनामा तरुण गोल्डकप २०७९ आयोजना मोरंग भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रंगशालामा हुने भएको छ । उक्त प्रतियोगिता नेपाल तरुण दल क्षेत्र नंम्बर ३ को आयोजनामा भाद्र २१ गतेदेखि असोज ५ गतेसम्म ” तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिवद्धता “भन्ने मुल नारा सहित हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा खेल संयोजक युबेन गुरुङले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई दुईलाख एक हजार नगद, ट्रफि र प्रमाणपत्र, दोश्रो हुने टिमलाइ एकलाख एक हजार नगद, ट्रफि र प्रमाणपत्र साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत प्रदान गरिनेछ । प्रतियोगितामा बेलबारीका ८, सुन्दरहरैंचाका ६, पथरीशनिश्चरेका ८ र कानेपोखरीका ४ वटा वडाका २६ वटा टिमहरु सहभागी हुनेछन् । तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बुले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा प्रथम तरुण गोल्डकप आयोजना हुने" A few seconds ago

सम्बन्धित खवर