१९ जेठ, काठमाडौं । सिजीनेटले आफ्नो पहिलो वार्षिकोत्सव मनाइरहेको छ । सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेजका साथ बजारमा आएको कम्पनीले सफलतापूर्वक पहिलो वर्ष पूरा गरेको हो ।
बजार प्रवेशसँगै नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल पार्न सफल कम्पनीले एक वर्षको अवधिमा ३० हजारभन्दा बढी ग्राहक बनाएको छ । जुन नेपालको इन्टरनेट क्षेत्रमै ऐतिहासिक वृद्धि हो ।
सुरुवाती चरणमा सिजीनेटले नेपालकै सबैभन्दा सस्तो प्याकेजको रुपमा १२० एमबीपीएस गतिको इन्टरनेट बजारमा ल्याएको थियो ।
पछिल्लो समयमा कम्पनीले थप सस्तो मूल्यमा ५० एमबीपीएस गतिको प्याकेज समेत उपलब्ध गराइरहेको छ ।
हाल सिजीनेटको इन्टरनेट सेवा काठमाडौं उपत्यका सहित हेटौँडा, बुटवल, भैरहवा, भरतपुर, नवलपुर, कावासोती र रत्ननगरमा उपलब्ध छ । चाँडै नै नयाँ सहरमा समेत इन्टरनेट सेवा विस्तार गर्ने योजना कम्पनीले बनाएको छ ।