किर्तिपुरमा दिउँसै कुटपिट गरि हत्या – Satabdi News

किर्तिपुरमा दिउँसै कुटपिट गरि हत्या

१८ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका ८ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका ३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।
सोही नगरपालिका ३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किर्तिपुरमा दिउँसै कुटपिट गरि हत्या" A few seconds ago

सम्बन्धित खवर