कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन – Satabdi News

कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन

१७ जेठ, काठमाडौं |कबड्डी-४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् ।

प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् । उनलाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न संघसंस्थाले छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन" A few seconds ago

सम्बन्धित खवर