ओलीलाई प्रचण्डको चेतावनीः माओवादीको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री भएको आरोप – Satabdi News

ओलीलाई प्रचण्डको चेतावनीः माओवादीको वैशाखी टेकेर दुई पटक प्रधानमन्त्री भएको आरोप

१४ जेठ, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली अब कुनै दिन प्रधानमन्त्री बन्न सम्भव नरहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा शनिबार आफ्नो धारणा राख्दै प्रचण्डले अब प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती दिए ।

ओलीलाई दुई पटकसम्म माओवादीले प्रधानमन्त्री बनाएको प्रचण्डले स्मरण गरे । ‘दुई पटकसम्म तपाईंकै भाषामा माओवादीको वैशाखी टेकेर प्रधानमन्त्री हुनुभएको हो’, ओलीको नाम लिँदै उनले भने, ‘ ल अब प्रधानमन्त्री भएर देखाउनुस् त ।’ प्रचण्डले राष्ट्रियसभा निर्वाचन, बार एसोसिएसन हुँदै स्थानीय निार्वचनसम्म आउँदा ओलीले आफ्ना खराब प्रवृत्तिको समीक्षा गर्लान् भन्ने लागे पनि उनको अहंकार अझै नघटेकामा चिन्ता व्यक्त गरे ।

ओलीले तीन घण्टासम्म संसदमा भाषण गर्दा आत्मालोचना नगरेको भन्दै उनले आश्चर्य प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलीलाई प्रचण्डको चेतावनीः माओवादीको वैशाखी टेके..." A few seconds ago

सम्बन्धित खवर