तीन जिल्लामा गर्भवती महिलाको लागि एम्बुलेन्सको एकतर्फी भाडा निशुल्क – Satabdi News

तीन जिल्लामा गर्भवती महिलाको लागि एम्बुलेन्सको एकतर्फी भाडा निशुल्क

जेठ १०, बेलबारी । बेलबारी नपा वडा २ का अध्यक्ष कृष्ण गुरुङ्ले निर्बाचित वडाको सपथ लिएको २ दिनेमा गर्भवती महिलाहरुको सुरक्षित प्रसुतीको लागि प्रसुती अस्पताल सम्म पुर्याउनको लागि एक तर्फीको भाडा वडाले जिम्मेवारी लिने भएका छन् । सुरक्षित प्रसुतीको लागि निशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको टिप्पणी आदेशमा वडा नं २ का गर्भवती महिलाहरुको सुरक्षित रुपले प्रसुती गराउन अस्पताल सम्म जान उत्प्रेरित गराउन साथै आमा, शिशु दुबैको ज्यानको सुरक्षा गर्न सुरक्षित रुपले प्रसुती गराउनको लागि मोरङ, झापा, र सुनसरी रहेका नेपाल सरकारको सुचिकृत गरेका प्रसुती गृह तथा अस्पताल सम्म जानको लागि एम्बुलेन्स एकतर्फी भाडा वडाले ब्यहोर्ने वडा नं २ अध्यक्ष कृष्ण गुरुङ बताए ।

यस वडामा बिगतका समयमा गर्भवती महिलाहरु सुरक्षित प्रसुती गराउन अस्पताल सम्म नगएको कारण धेरै गर्भवती महिलाहरुको ज्यान गुमाएको कारण यस्ता घटनाहरु नदोहोरिनको लागि पनि यस्तो निर्णय गरेको अध्यक्षले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तीन जिल्लामा गर्भवती महिलाको लागि एम्बुलेन्सको ..." A few seconds ago

सम्बन्धित खवर