मोरङका १७ पालिका प्रमुख तथा अध्यक्षले गरे सपथ ग्रहण – Satabdi News

मोरङका १७ पालिका प्रमुख तथा अध्यक्षले गरे सपथ ग्रहण

बेलबारी । मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले बिराटनगरमा सपथ ग्रहण गरेका छन् । विराटनगर महानगरपालिका मोरंग्ग को सभाहलमा प्रमुखहरुले सपथग्रहण गरेका हुन् ।

निर्बाचित प्रमुख तथा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरंगका प्रमुख तथा मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालले सपथग्रहण गराएका छन् । शपथ ग्रहण पछि उनले आफ्नो पालिकामा न्यायसंगत ढङ्गले सेवा प्रवाह गर्न सुझाव दिए ।

शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङका १७ पालिका प्रमुख तथा अध्यक्षले गरे सपथ ग..." A few seconds ago

सम्बन्धित खवर