धरानका मेयर हर्क साम्पाङले लिए सपथ – Satabdi News

धरानका मेयर हर्क साम्पाङले लिए सपथ

धरान। धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले सपथ ग्रहण लिएका छन् ।मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृतसमेत रहेका सुनसरी जिल्ला १ नम्बर न्यायाधिश कैलाश सुवेदीले सपथ ग्रहण गराएका छन् । इनरुवामा आज बिहान नवनिवार्चित मेयर साम्पाङलाई न्याधिश सुवेदीले सपथ ग्रहण गरएका हुन् । मेयर साम्पाङ सपथ ग्रहण समारोहमा दौरा सुरुवालमा पहिरनमा गएका थिए ।

अब मेयर साम्पाङले धरानमा उपमेयरसहित वडामा निवार्चित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । धरानमा मेयर, उपमेयरसहित १०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।

धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निवार्चित भएका हुन्।उनले निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुखमा निवार्चित भएका हुन्। उनले २० हजार ८२१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबका उम्मेद्वार किशोर राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् ।

प्रमुखमा एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । उनी साम्पाङसँग ८ हजार ९९६ मतले पछि परिन् भने गठबन्धन उम्मेद्वारसँग ३ हजार २४४ मतले पछि परिन् ।

यसैगरि, उपप्रमुखमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित २० हजार ५१० मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी एमालेका पदम इस्वोलाई २ हजार ९०४ मतान्तरले पराजित गरेका छन् । इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।

मेयर – हर्कराज राई                                                     उप मेयर – अइन्द्रबिक्रम बेघा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानका मेयर हर्क साम्पाङले लिए सपथ" A few seconds ago

सम्बन्धित खवर