बेलबारी, २५ वैशाख । जनता समाजवादी पार्टी नेपाल बेलबारी नगर समितिले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।आज ड्रिमल्याण्ड फन पार्क बेलबारीमा संयुक्त पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो।
रास्ट्रीय राजनीतिको आवस्यकता र ५ दलिय गठबन्धनको भावाना अनुरुप जसपा नेपालका मेयर पदका प्रत्यासी उम्मेदवार मिनु राईको उम्मेद्वारी फिर्ता गरिएको र नेपालि कांग्रेसका मेयर पदका प्रत्यासी उम्मेदवार महेन्द्र प्रसाद सुबेदीलाई समर्थन गर्दै विजय गराउने नगर अध्यक्ष तिलक राईले प्रतिबद्धता गरेका छन्। त्यसै गरी वार्ड न १ र ३ मा हाम्रो गठबन्धन नेकपा मावोबादी संग नै रहने बताए।
हजारौ नेपालि जनताको बलिदानी पछि प्राप्त नेपालको संबिधानलाई समाप्त पार्न २/२ पटक प्रतिनिधि सभा भंग गर्ने सम्मको प्रयास गरेको नेकपा एमालेको प्रतिगमनको बिरुद्ध रास्ट्रीय गठबन्धन बनेको र यसैको भावाना अनुरुप नै प्रतिगामी नेकपा एमाले पार्टीलाई पराजित गरि गठबन्धन दलका नेपालि कांग्रेस पार्टीको मेयर पदका प्रत्यासी उम्मेदवारलाई जिताउन दुई दल बीच जेन्टलमैन सहमति भएको बिज्ञप्तिमा उल्लेख छ।
उम्मेदवार दिल कुमार राई
बेलबारी नगरमा जसपा नेपालको जनमत ५ हजार हाराहारीमा रहेको अड्कल गरिएको छ, जुन मत जितको लागि निर्णायक मत हुन। जसपाको समर्थन संगै नेपालि कांग्रेसको मेयर महेन्द्र सुबेदीको जित सुनिस्चित हुने बेलबारीका राजनीतिज्ञहरुको विश्लेषण छ। नेकपा एमालेका मेयर पदका प्रत्यासी उम्मेदवार दिल कुमार राई ( डिपी सर ) पनि चर्चित व्यक्तित्व हुन।
उम्मेदवार महेन्द्र प्रसाद सुबेदी
तर उपमेयरको हकमा र अरु वार्ड हरुमा भने खुल्ला स्वस्थ प्रतिस्प्रधा हुने भएको छ। नेपालि कांग्रेसको तर्फबाट प्रत्यासी उप मेयर पद का उम्मेदवार नितु कोइराला थापा छन् भने जसपा नेपालको तर्फ़बाट प्रत्यासी उप मेयर पदको उम्मेदवार अमिर मगर छन्।
जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य केदार धिमालले पत्रकार हरुको जवाब दिदै पाँच दलीय गठबन्धनको भावनाअनुसार पार्टीको निर्देशन अनुसार यस्तो निर्णय गरिएको बताए । धरान उप महानगर पालिका र इटहरी उप महा नगर पालिकामा पनि जसपा नेपालका उम्मेदवारहरुले उम्मेद्वारी फिर्ता गरि गठबन्धन दललाई सघाउने निर्णय भएको बताए।
पत्रकार सम्मेलनमा नगरप्रमुख पदका प्रत्याशी उम्मेदवार महेन्द्र सुवेदी, उपमेयरका उम्मेदवार नितु थापा, डा. केदार गुरागाईँ, महासमिति सदस्यहरू नगेन्द्र जमरकट्टेल र मानबहादुर लिम्बू , पुर्ब नेपालि कांग्रेस का नगर सभापति शम्भु भट्टराई, जसपा नेपालका प्रदेस सदस्य शान्ता तामांग जिल्ला सदस्य केशब थापा मगर , मनी राई,केशब घले र बिद्यार्थी नेता अशोक राई लगायत पार्टीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेसका नगरसभापती छत्र लिम्बूले कार्यक्रममा बोल्दै चुनाबी समय रहुन्जेल सम्म बाकि दलहरु संग पनि रास्ट्रीय भावना अनुरुप गठबन्धन हुन सक्ने संकेत गरे। कार्यक्रममा नेपाली कांग्रेसका छत्र लिम्बु तथा जसपा नेपालका नगर अध्यक्ष तिलक साङ्पाङ राईको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन ने का क्षेत्रीय समिति सचिव राजेन्द्र बहादुर अधिकारीले गरेका थिए।