रहेनन् नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढाथोकी – Satabdi News

रहेनन् नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बुढाथोकी

ललितपुर । नेपाल मगर संघ पुर्व केन्द्रिय अध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगरको निधन भएको छ।

वि सं १९९८ मङ्सिर ८ मा बाग्लुङ जिल्ला वडा नं ८ बिरकोटमा जन्मिएका ८१ वर्षीय बुढाथोकीको हृदयघात र मष्तिष्कघातका कारण सोमबार बिहान ६ बजे ललितपुरको अल्का हस्पिटल-२ मा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । बुढाथोकी हाल ललितपुर महानगरपालिका वडा नं ४ मा बस्दै आएका थिए ।

स्व.क्या.बुढाथोकीको पार्थिव शरीरलाइ अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो ११:३० सम्म धोविघाटस्थित निवासमा राखिने र १२:०० बजे संघको केन्द्रिय कार्यालय कलंकीमा राखिने नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले प्रणाम खबरलाइ जानकारी गराएका छन् । श्रद्धाञ्जली कार्यक्रम पश्चात् बुढाथोकीको पार्थिव शरीरलाइ अन्त्यष्टिको लागि पशुपति लगिने छ।

मगरको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै मगर संघ संस्थामा आबद्ध ब्याक्तित्वहरुले सामाजिक संजालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रहेनन् नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बु..." A few seconds ago

सम्बन्धित खवर