२४ फागुन, बेलबारी । इलाका प्रहरी कार्यालय इटहरीले क्यारमबाेर्ड खेल्न प्रतिवन्ध लगाएकाे छ । क्यारमबाेर्डबाट जुवाजन्य खेल खेलाएकाे भेटिएपछि इटहरी क्षेत्रमा उक्त खेललाइ प्रहरीले प्रतिवन्ध लगाएकाे हाे ।
युवा पुस्ता देखि बालबालिका सम्मलाइ उक्त खेलले बिगारेकाे अभिभावकहरूकाे गुनासाे बढेपछि इटहरी प्रहरीले क्यारमबाेर्डहरू नियन्त्रणमा लिन थालेकाे छ । रातिकाे १० बजे सम्म बाेर्ड राखेर युवा पुस्तामा जुवा खेलाएकाे र झै झगडा निम्त्याएकाे माैखिक उजुरी पश्चात क्यारामबोड प्रतिवन्ध लगाइएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।
पसल अगाडी क्यारमबाेर्ड राखेर रू ५० हजार सम्म बाजि थाप्ने जस्ता खेल खेलाउदै रातकाे समयमा हाेहल्ला तथा झगडा गर्ने गरेकाे गुनासाे पश्चात इटहरी प्रहरीले त्यस्ता खेललाइ प्रतिवन्ध लगाउने बाेर्ड नियन्त्रमा लिन थालेकाे जनाइएकाे छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राती देखि साेमबार दिउसाे ४ बजे सम्ममा इटहरीकाे बिभिन्न क्षेत्रबाट ७ वटा क्यारबाेर्ट जफत गरिएकाे जनाएकाे छ । पटक पटक चेतावनि दिदा पनि व्यवसायिहरूले अटेर गरेपछि प्रहरीले एक्सन लिएकाे हो ।