लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने – Satabdi News

लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने

२३ फाल्गुन, बेलबारी । धरान स्थित एन्फा खेल मैदानमा लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ ।
स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रवाह गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उदेश्यका लागि लिम्बुवान फुटबल क्लव (LFC) र आदिवासी फुटबल क्लव (IFC) काठमाडौं बीच मैत्रीपुर्ण फुटबल खेल्न लागेको आयोजक जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओतीले बताए ।

जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा फाल्गुन २५ गते दिनको १ बजे देखि सुरु हुने उक्त मैत्रीपूर्ण फुटबल म्याचमा लिम्बुवान फुटबल क्लब (LFC) को तर्फबाट जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले टिमको नेतृत्व गर्ने छन् भने आदिवासी फुटबल क्लब (IFC) को तर्फबाट त्रि. बि. का प्रोफेसर तथा आदिवासी जनजाति अभियन्ता डा. कृष्ण भट्टचनले टिमको नेतृत्व गर्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फु..." A few seconds ago

सम्बन्धित खवर