कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समाजवादी महिला संघ, बेलबारी नगर समिति पुनर्गठन – Satabdi News

कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समाजवादी महिला संघ, बेलबारी नगर समिति पुनर्गठन

बेलबारी। समाजवादी महिला संघ, बेलबारी नगर समितिमा कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समिति पुनर्गठन गरीएको छ। बेलाबारी-१०,भाउन्ने सभाहलमा समाजवादी महिला संघ,बेलबारी नगर समितिको समायोजन सम्पन्न भएको हो।

कार्यक्रममा प्रदेश १ सदस्य शान्ता तामाङ पुर्व बेलायत उपाध्यक्ष तथा दोस्रो संविधानसभा निर्वाचन मोरङ क्षेत्र न. ३ को प्रत्यक्ष उम्मेदवार मिनु राई,जिल्ला सदस्य सीता राई, कमल गुरुङ , क्षेत्रीय उपाध्यक्ष भगवती राई ,क्षेत्रीय सचिव सोनिया राई,नगर अध्यक्ष तिलक साङ्पाङ राई,नगर युवा अध्यक्ष सन्तोष तामाङ ,वडा न. १ जसपा अध्यक्ष केशव घले,वडा न. १० जसपा अध्यक्ष विजय धिमाल,वडा न. ११ जसपा अध्यक्ष मोहन मोक्तान , समाजबादी युबा प्रदेस सदस्य अमिर मगर लगायतको उपस्तिथी रहेको थियो।

मिनु राई

कार्यक्रममा बोल्दै अतिथि मिनु राईले हामि महिला दिदि बहिनिहरु चुलो- कौसी र जुठो भाढा -कुढामा मात्र सिमित रहने होइन, समय निकालेर भएपनि राजनीतिक अजेण्डामा बोल्ने र एकत्रित हुने समय आएको बताए।आज बिस्वको आधा देशहरुमा महिला दिदि बहिनिहरु प्रमुख ठाउँमा बसेर देश चलाएको उदाहरण दिदै अब नेपालमा पनि महिला दिदि बहिनिहरु नेतृत्व स्थानमा पुग्ने र नेतृत्व गर्ने हिम्मत गर्नुपर्ने बताए। समाबेसी र समुन्नत नेपाल बनाउने र पहिचान सहित संघिय गणतन्त्र स्थापित गर्ने अभिवारा अब जनता समाजबादी पार्टीको काँधमा आइ परेको पनि बताए। देश भरिको महिला दिदि- बहिनिहरु समाजबादी महिला संघमा एकबद्ध हुन् आग्रह पनि गरे। नेपालि कांग्रेस र एमाले पार्टीले महिला दिदि- बहिनिहरुलाई कहिले पनि अधिकार र नेतृत्वमा स्थान नदिने पनि बताए। उक्त कार्यक्रमको अध्यक्षता कल्पना राईले गरेका थिए भने कार्यक्रम संचालन शशी राईले गरेका थिए।

कल्पना राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समाजवादी महिल..." A few seconds ago

सम्बन्धित खवर