प्रथम तीर्थ स्मृति फुटबल कप २०७८ बोराबाँध बेलबारीमा सञ्चालन हुने – Satabdi News

प्रथम तीर्थ स्मृति फुटबल कप २०७८ बोराबाँध बेलबारीमा सञ्चालन हुने

बेलबारी, मोरङ्ग। बेलबारी नगरपालिका वडा नं ६ मा ‘प्रथम तीर्थ स्मृति फुटबल कप २०७८’ सञ्चालन हुने भएको छ । ड्रिमल्याण्ड फन पार्क बेलबारीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बोरा बाँध यूथ क्लबका अध्यक्ष प्रज्वल राईले बोरा बाँध बेलबारीका खेल प्रेमी स्वर्गीय तीर्थ राईको सम्झनामा प्रतियोगिता सञ्चालन गरिन लागेको बताए। उनले यो प्रतियोगिताले स्थानीय खेललाई प्रवर्धन गर्दै आफ्नो स्थानीय ठाउँलाई देश विदेशसम्म चिनाउने उद्देश्य रहेको पनि बताए ।

यहि फागुन २१ गते खेल प्रतियोगिता को उद्घाटन हुने र प्रतियोगिताका लागि आर्थिक श्रोत देश विदेशबाट जुटि रहेको खेल संयोजक विशाल राई ले बताए। प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले प्रतियोगिता अवधिभर आएर खेल हेरिदिन आग्रहसमेत गरे।

प्रतियोगितामा बेलबारीका विभिन्न आठ वटा टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताका विजेता टिमले नगद रु ३० हजार नगदका साथमा ट्रफि, मेडल तथा प्रमाण तथा उपविजेताले नगद रु २० हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र पाउने छन् ।
स्वर्गीय तीर्थ राई बेलबारी ६ का उत्कृष्ट खेलाडी रहेको र उनको गतवर्षमात्र दुर्घटनामा परेर मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा क्लबका सचिव तथा आर्थिक विभाग प्रमुख बिराज राई, क्लबका सल्लाहकार मिलन राई ,खेल संयोजक विशाल राई ,सञ्चालक समिति सदस्य राजकुमार राई लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रथम तीर्थ स्मृति फुटबल कप २०७८ बोराबाँध बेलब..." A few seconds ago

सम्बन्धित खवर